न्यूज एक्सप्रेस,दोहा कतार,१० साउन । सिरहा निवासी पत्रकार रामएकवाल रामलाई वैदेशिक रोजगारीसँगै पत्रकारिता क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि उत्कृष्ट पत्रकार पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको ११औं राष्ट्रिय एकता महाधिवेशनमा रामलाई विशेष सम्मानसहित पुरस्कृत गरिएको हो । कार्यक्रम संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा नेपालका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले पत्रकार रामलाई नगद रु १५ हजार एक सहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
संघले रामको प्रवासी नेपाली समुदायलाई पत्रकारितामार्फत सूचना पु¥याउने, साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चारमार्फत प्रवाह गर्ने योगदानलाई उच्च प्रशंसा गर्दै पुरस्कार प्रदान गरेको जनाईएको छ । सम्मान ग्रहण गर्दै पत्रकार रामले आयोजक र सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गर्दै यो सम्मानले मलाई पत्रकारितामा अझ दृढताका साथ अघि बढ्न ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।
सिराहाको लहानबाट सामुदायिक रेडियो समाद एफएममार्फत पत्रकारिता यात्रा सुरु गरेका राम हाल बालासुन्दरी खबर राष्ट्रिय दैनिकका सम्पादकका रूपमा कार्यरत छन् । कतारमा रहँदै उनले सामुदायिक पत्रकारिता र प्रवासी मजदुरका समस्या उजागर गर्ने पत्रकारका रूपमा आफ्नो पहिचान स्थापित गरेका छन् ।

