महोत्तरीको गौशालामा एक युवकको शव फेला।।

मुख्य समाचार
Spread the love

अरबिन्द कुमार महतो,कार्तिक ९,महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया निवासी २५ वर्षीय रामानन्द बैठा शनिबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

स्थानीयका अनुसार, बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समयदेखि उनी ज्वरो र अन्य स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ।

डक्टरले मादक पदार्थ सेवन नगर्न सल्लाह दिए पनि उनी लगातार जाँड–रक्सी सेवन गर्ने गरेको स्थानीयहरूले बताएका छन्। सोही अवस्थामै उनको शव फेला परेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *