विवाहपञ्चमीको आज पाँचौ दिन मटकोर।।

मुख्य समाचार
Spread the love

न्यूजएक्प्रेस,समाचारदाता,मंसिर ०८,जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । भारतको अयोध्या र वृन्दावनबाट साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्ति जन्तीका रूपमा आएका छन् । विवाहपञ्चमीको पाँचौँ दिन सोमबार जानकीको मटकोर हुनेछ । मटकोर विधि गंगासागर पोखरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *