राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषा क्षेत्र नं. ४ बाट बिरेन्द्र महतोको नाम सिफारिस।।।

मुख्य समाचार
Spread the love

न्यूज एक्प्रेस,समचारदाता,९ पुष,धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल रूपमा मेरो नाम सिफारिस गर्नु भएकोमा पार्टीका सम्पूर्ण केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।

पार्टीको विचार, सिद्धान्त र एजेन्डाप्रति विश्वास गर्दै जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिँदै आगामी दिनमा पार्टीको नीति–कार्यक्रमलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन अझ जिम्मेवार र सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

यस अवसरमा राजसंस्थाको पुनःस्थापना, सनातन हिन्दू राष्ट्र नेपाल र राष्ट्रिय पहिचानको संरक्षणका लागि राप्रपाले उठाउँदै आएको मुद्दामा जनसमर्थन थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *