लाईन्स क्लब अफ मिथिला आदर्शद्वारा विपन्न परिवारलाई सिरक वितरण कार्यक्रम सम्पन्न।।

अरबिन्द सिंह,धनुषा,२३ पुष — लाईन्स क्लब अफ मिथिला आदर्शको आयोजनामा विपन्न तथा असहाय परिवारलाई लक्षित गरी सिर (न्यानो कपडा) वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर केसर बहादुर भण्डारी रहनु भएको थियो। उहाँले सामाजिक सेवामा लाईन्स क्लबको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।कार्यक्रमको अध्यक्षता क्लब […]

Continue Reading

राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषा क्षेत्र नं. ४ बाट बिरेन्द्र महतोको नाम सिफारिस।।।

न्यूज एक्प्रेस,समचारदाता,९ पुष,धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट एकल रूपमा मेरो नाम सिफारिस गर्नु भएकोमा पार्टीका सम्पूर्ण केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। पार्टीको विचार, सिद्धान्त र एजेन्डाप्रति विश्वास गर्दै जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिँदै आगामी दिनमा पार्टीको नीति–कार्यक्रमलाई […]

Continue Reading

प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

न्यूज एक्प्रेस,समाचारदाता,कृष्णानगर, कपिलवस्तु, मंसिर २९ कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका बालविकास देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका १२५ जना विद्यार्थी लाई जाडो बढेकाले एक कार्यक्रम बिच स्विटर वितरण गरिएको छ। कार्यक्रमका अध्यक्षता सोही विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष वृजेश कुमार चतुर्वेदीले गरेका थिए, […]

Continue Reading

विवाहपञ्चमीको आज पाँचौ दिन मटकोर।।

न्यूजएक्प्रेस,समाचारदाता,मंसिर ०८,जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ […]

Continue Reading

नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदै।।

अरबिन्द कुमार महतो,१९ कार्तिक,काठमाडौ । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ ।  बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम रहेको छ ।  माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा […]

Continue Reading

गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न

अजय मिश्र,कपिलवस्तु, १३ कात्तिक – कपिलवस्तुको विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री जानकीप्रसाद यादवले ‘वन र मानवबीचको सम्बन्ध एकअर्काको […]

Continue Reading

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

अरबिन्द कुमार महतो,११कार्तिक,धनुषा । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । […]

Continue Reading

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

अरबिन्द कुमार महतो,९ कार्तिक धनुषा । छठपर्वको दोस्रो दिन बर्तालु  ‘खरना’ विधिका तयारीमा गर्दैछन् ।  शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।  बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने […]

Continue Reading

महोत्तरीको गौशालामा एक युवकको शव फेला।।

अरबिन्द कुमार महतो,कार्तिक ९,महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया निवासी २५ वर्षीय रामानन्द बैठा शनिबार बिहान मृत अवस्थामा भेटिएका हुन्। स्थानीयका अनुसार, बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समयदेखि उनी ज्वरो र अन्य स्वास्थ्य समस्याबाट […]

Continue Reading

धनुषामा ब्राउन सुगरसहित दुई जना पक्राउ।।

न्यूज एक्प्रेस,समचारदाता,ढल्केवर, धनुषामा ब्राउन सुगरसहित दुई जना पक्राउ​ढल्केबर (धनुषा) । धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणको ब्राउन सुगर (खैरो हिरोईन) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।​पक्राउ पर्नेमा सिराहाको मिर्चेया नगरपालिका-७ बस्ने वर्ष २४ का निरजन यादव र सप्तरीको राजविराज नगरपालिका-९ बस्ने वर्ष ३१ का रोहन कुमार सिंह रहेको प्रहरीले जनाएको छ।​इलाका […]

Continue Reading